महेन्द्रनगर–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले भेरी अस्पतालमा डाक्टर र नर्समाथी भएको सांघातिक आक्रमणको घोर निन्दा गरेको छ। शुक्रबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरी कृष्ण गजुरेलले प्रेस विज्ञप्ति जारी गर्दे १३ गते राति डाक्टर र नर्सहरुमाथी भएको सांघातिक आक्रमणको घटना प्रति खेद प्रकट गरेका छन्।

उक्त घटना प्रति अखिल (क्रान्तिकारी)को गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। अध्यक्ष गजुरेलले कोभिडको समयमा आफ्नो जिउज्यानको कुनै प्रवाह नगरी अहोरात्र विरामीहरुको उपचारमा दिनरात खटिरहने स्वास्थ्यकर्मीहरुमाथी भएको कुटपिटको घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर हदै सम्मको कार्वाहीको माग गरे। विज्ञप्तिमा स्वास्थ्य कर्मीहरुलाई सूरक्षा ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार गर्न सरकार सँग आग्रह गरीएको छ।

May be an image of text

प्रतिक्रिया दिनुस