फाइल।

महेन्द्रनगर–कञ्चनपुरको भीमदत्तनगरपालिका र दार्चुलाको महाकाली नगरपालिकाले आफै कोरोना भाइरस विरूद्धको खोप खरिद गर्ने भएका छन्। कोरोनाले नगरवासीको जिवन संकटमा पर्दे गएकाले भीमदत्तनगरपालिकाले शनिवार खोप खरीदका लागी स्वास्थ्य मन्त्रालयलाई अनुमती माग गरेको हो।

नगरप्रमुख सुरेन्द्र बिष्टले खोपप उपब्ध गराउन वा खरीदका लागी मन्त्रालय सँग अनुमती माग गरीएको जानकारी दिए। त्यस्तै दार्चुलाको महाकाली नगरपालिकाले पनी नगरवासीहरूको लागि आफै खोप खरीद गर्ने निर्णय गरेको नगर प्रमुख हंस राज भट्टले जानकारी दिए। नगरपालिकामा करिव २ हजार २० जनाले खोप लगाइ सकेका छन। भने अब १५ हजार १५१ लाई खोप लगाउन बाँकी रहेका छन्। प्रति व्यक्ति खोपको लागी हुन आउने सम्पूर्ण रकम नगरपालिकाले तिर्ने गरी, खोप उपलब्ध गराउन वा खोप खरीद गर्न अनुमतिका लागी नेपाल सरकार लाई पत्राचार गर्ने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुस