महेन्द्रनगर–महेन्द्रनगरमा बस्तीमै गएर कोरोेना परीक्षण सुरु भएको छ। भीमदत्तनगरपालिकाले बजार क्षेत्र तथा नगरपालिका भित्र बस्तीमै गएर स्वास्थ्य कर्मीलाई कोरोना परीक्षण गर्न लगाएको हो। दोस्रो लहरमा बढ्दै गएको कोरोना महामारी नियन्त्रणका लागि सोमबारदेखि नगरपालिकाले विभिन्न वडाका बस्तीहरुमा गएर कोरोना परीक्षण गर्न गरीएको जनाएको छ। भीमदत्त नगरपालिका स्वाथ्य शाखा कोडिभ १९ सम्पर्क व्यक्ति पंकल रावलले ११ नम्बर वडाबाट एन्टिजिन मार्फत कोरोना परीक्षण सूरु गरीएको जानकारी दिए। उनका अनुसार उक्त वडामा ४० जनाको परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको छ।

स्वास्थकर्मी सहितको टोली वडा वडामा गइ दिनमा चार वडामा परीक्षण गरीने उनले बताए। वडामा रहेका संस्कापद, बिरामी, आएका सबैको कोरोना परीक्षण गरिने उनले बताए । उनले वस्तीबाटै परीक्षण अगाडी बढाएर कोरोनालाई शुन्यमा झार्ने लक्ष्य रहेको समेत बताए।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले कोरोना समुदायमा गईसकेकाले त्यसको पहिचान गरि निदानका लागि बस्तीस्तरमै गएर नगरपालिकाले कोरोना परीक्षण अभियान संचालन गरेको बताए ।
कुल १९ वडा रहेका सबै बस्तीमा गएर कोरोना परीक्षण गरीने र पोजेटिभको अवस्था हेरेर होम आईसोलेशन एव अस्पताल ल्याईने मेयर बिष्टले बताए। भीमदत्त नगरपालिकाले वडा, गाँउ बस्तीमै आएका कोरोना परीक्षण गर्न थालेपछि स्थानीयलाई राहत मिलेको छ।

प्रतिक्रिया दिनुस