काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) काठमाडौँले निषेधाज्ञाका कारण रोजीरोटी गुमेर बिचल्लीमा परेका मजदुरहरुलाई राहत बितरण गर्दै आएकाे छ । पीडित मजदुरहरुलाई खाध्यान्न वितरण गर्ने कार्यलाई निरन्तरता दिने क्रममा आज जोरपाटीमा गोकर्णेस्वर नगर र संखरापुर नगर स्थित ४५ परिवार मजदुरहरुलाई चामल ४८५ किलो , दाल ४५ किलो , खाने तेल ४५ लिटर  र मास्क २०० थान वितरण गरिएकाे काठमाडौंका पार्टी सचिव खगेन्द्र छन्त्यालले जानकारी दिनुभयाे । स्थानिय गोकर्णेस्वर नगर कमिटिको सक्रियता र जिल्ला पार्टीको सहयोगमा उक्त खाध्य सामाग्री संकलन गरिएकाे पनि नेता छन्त्यालले जानकारी दिनुभयाे । जिल्ला पार्टीकाे पहलमा हिजाे चन्द्रागिरी स्थित ईटा भट्टाका पीडित मजदुरहरुलाई राहत बितरण गरिएकाे थियाे । 
उक्त खाध्यान्न बितरण कार्यक्रममा बोल्दै पार्टीका जिल्ला सेक्रेटरी कमरेड खगेन्द्र छन्त्यालले भन्नुभयो ” देशका शाषकहरु देश र जनताप्रति जिम्मेवार छैनन । जनताको जिउधनको उनीहरुलाई कुनै मतलव छैन । कोरोना महामारीलाई उनीहरुले कमिशन खायर पैसा कमाउने र बिदेशमा कालोधन थुपार्ने राम्रो अवसरको रुपमा प्रयोग गरिरहेका छन ।जनताले यो महामारीमा सरकारको मुख ताकेर केहि आउनेवाला छैन । किनकी यो ब्यबस्था बहुसंख्यक किसान मजदुरहरुको ब्यबस्था होईन । यो त सामन्त,दलाल र नोकरशाहहरुको ब्यबस्था हो त्यसैले यो सरकार तिनैको सरकार हो । जनताले आफ्नो ज्यानको आफै सुरक्षा गर्नु सिवाय कुनै बिकल्प छैन । त्यसकारण कोरोना संक्रमण बात सुरक्षित हुनको निम्ति आबस्यक सबै तरिका अवलम्बन गर्नुहोला ”
साथै उहाले दुःख परेका जनता संग हातेमालो गर्ने हाम्रो पार्टीको नीति अनुसार नै तपाईहरु संग थोरै भएपनि राहत सामाग्री बोकेर आएकाछौ यसलाई हाम्रो बर्गीय मायाको कोशेलीको रुपमा ग्रहण गरिदिनुहोला भन्नुभयो । उक्त राहत बितरण कार्यक्रममा गोकर्णेस्वर नगर कमिटिका ईन्चार्ज कमरेड ढोग प्रसाद अधिकारी, सेक्रेटरी कमरेड उमेश लामा , सदस्य तथा स्थानीय देजमो अध्यक्ष किरण लामा , सदस्य मान बहादुर तामाङ्ग र छिमेकी टोखा नगर कमिटिका सेक्रेटरी कमरेड ज्ञानेन्द्र प्रजापति लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस