महेन्द्रनगर– महेन्द्रनगरमा कक्षा ३ मा अध्ययनरत बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर ९ का ९ वर्षीय नीराजन जोशी ‘लकडाउन’मा चित्रकलामा व्यस्त छन्।
May be an illustration of 1 person
लकडाउनमा खालि समयको सदुपयोग मात्र गरिरहेका छैनन् उनी आमाको प्रेरणाले चित्रकलामा नयाँ–नयाँ आकृति कोरिरहेका छन्। शिक्षिका बिस्ना जोशीका छोरा नीराजनले आमाको हौसलाले विभिन्न चित्रहरू कोर्न सहज भएको बताए। उनले भने,–‘भगवान् कृष्ण, गणेश, गौतम बुद्ध, विभिन्न प्राकृतिक सम्पदाहरूका चित्र कोरेको छु।’
कक्षा १ मा पढ्दा देखी नै चित्र कोर्न थालेको हुँ।’उनले भने।
महेन्द्रनगरमा अध्यापन गराउँदै आएकी शिक्षिका जोशीले अहिले ‘लकडाउन’का कारण छोरालाई खाली समयको सदुपयोग सँगै अध्ययनमा अभ्यास गराइराखेको बताइन्।
नीराजनले कोरेका केही चित्रहरू— 
May be an illustration
No photo description available.
May be a drawing
प्रतिक्रिया दिनुस