महेन्द्रनगर–कञ्चनपुरमा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना मुक्त भएका छन्। २ महिना देखी दोस्रो चरणको भाइरसको असर जिल्लामा न्युन हुदै गएको हो। अहिले संक्रमण फैलीनु भन्दा निको हुनेको संख्यामा दोब्बरले बढी रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिका, बेलौरी नगरपालिका, दोधारा चादनी र सुक्लाफाँटा नगरपालिकाका २–२ जना, कृष्णपुरका ५ जना, पुर्नवासका ९ जना र गड्डाचौकीमा १ जना गरी २३ जना रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा बैलौरी नगरपालिका वडा नम्बर १० का ८५ वर्षीय पुरुष र भीमदत्तनगरपालिका वडा नम्बर ११ का ७३ वर्षीय पुरुषको कोरोना बाट मृत्यु भएको कम्प्युटर अपरेटर भट्टले बताइन्।

प्रतिक्रिया दिनुस