महेन्द्रनगर–चितुवाको छालासहित बझा– र दार्चुलाका एक–एक जना पक्राउ परेका छन्। बिहिबार काठमाडौंको कीर्तिपुरबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना छन् ।

उनीहरुको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । सुदूरपश्चिम घर भएका दुबै जना काठमाडौंको कीर्तिपुरमा डेरा गरेर बस्दै आएका थिए । गोप्य सुचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुस