फाइल।

महेन्द्रनगर–कञ्चनपुरमा एक युवतीमाथी सामुहिक रुपमा जबरजस्ती करणी गरेको पाइएको छ। जिल्लाको बेतकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको उजुरी आएको प्रहरीले जनाएको हो। धरमपुरस्थित मुक्त्तकमैया शिविरकी ती किशोरीमाथी बिहीबार नसालु पदार्थ खुवाएर स्थानीय दुई युवाले सामूहिक बलात्कार गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए।

बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धन बहादुर बिकलाई नियन्त्रणमा लिइएको उनल बताए। अर्का एक युवा फरार रहेका थापाले बताए। ‘घटनामा दुई जनाको संलग्नता रहेको खुलेको छ । एक जनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी थापाले भने, ‘अर्का आरोपीको खोजी भइरहेको छ।’ ‘नसालु पदार्थ खुवाएर बलात्कार गरेको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ,’ डिएसपी थापाले भने। बलात्कारमा परेकी भनिएकी युवती शारिरिक रुपमा अशक्त छिन्।

प्रतिक्रिया दिनुस