अमेरिकाले भारतीय कम्पनी भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई प्रयोगको लागि अनुमति दिन अस्वीकार गरेको छ । अमेरिकाको औषधि नियामक संस्था एफ.डी.ए.ले आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन अस्वीकार गरेको हो । भारतको नीति आयोगका सदस्य डाक्टर भीके पलले अमेरिकाको फैसलालाई स्वीकार गरिनुपर्ने बताए ।

साथै उनले भारतीय खोप भरपर्दो रहेको समेत दावी गरेका छन् । यद्यपी, भारतीय र अमेरिकी प्रणालीमा अन्तर भएकाले यस विषयलाई ठूलो रुपमा हेरिनु नहुने भारतीय स्वास्थ्य विज्ञको भनाई छ । कोभ्याक्सिनले नेपालमा अनुमति पाएको छ र यो खोप पनि दुई डोज लगाउनुपर्छ ।

प्रतिक्रिया दिनुस