काठमाडौं । नेपालमा थप दुई हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६९६ स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ४०१ जनाको नतिजा पोजिटिभ आएको हो । सात हजार १० नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६८८ र चार हजार ६८६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१३ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ हजार ६७५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६६० जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रतिक्रिया दिनुस