आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर ९० हजार ७ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलाको ९१ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुस