काठमाडौं, १२ असार–लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदै छ । नेपालमा यस वर्ष ‘लागुऔषधरहित परिवार स् स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरी तीन दिने कार्ययोजनासहित विविध कार्यक्रमहरु सन्चाल भइरहेका छन् । यस वर्षको दिवसको अन्तर्राष्ट्रिय नारा भने Share “acts on Drugs, Save Livesतय गरिएको छ ।

हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । त्यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारबाट मुक्त गराउनु हो ।

नेपालमा लागुऔषध प्रयोगकर्ताको वाषिर्क औसत वृद्धिदर ५।०६ प्रतिशत

संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध सम्बन्धी कार्यालयबाट प्रकाशित विश्व लागुऔषध प्रतिवेदन २०२१ ले लागुऔषध प्रयोगकर्ताको संख्या बर्सेनि बढ्दै गइरहेको देखाएको छ । नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको वाषिर्क औसत वृद्धिदर ५।०६ प्रतिशत आँकलन गरिएको छ ।

नेपालमा लागुऔषध प्रयोगको अवस्था, प्रभावित समूह र क्षेत्रको बारेमा जानकारी लिने उद्देश्यले गरिएको सर्वेक्षणअनुसार नेपालमा लागुऔषध प्रयोगकर्ता १ लाख ३० हजार ४ सय २४ पुगेको आँकलन छ जुन कूल जनसंख्याको झण्डै ०।४८ प्रतिशत हो । दिवसको अवसरमा सन्देश जारी गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले लागुऔषधको दुर्व्यसनमा लाग्ने युवा, किशोर, किशोरीको संख्या बढ्दै जानु चिन्ताको विषय भएको बताएका छन् ।

यसको दुरुपयोग तथा अवैध ओसारपसारले सामाजिक अपराध बढाउनुका साथै समाजमा नकारात्मक प्रभाव पारेको छ । नेपालको जनसांख्यिक लाभको रुपमा रहेको युवा समुदायलाई लागुऔषध नियन्त्रणको अभियानमा सरिक गराउन यस दिवसले प्रेरणा दिने मन्त्री पौडेलको विश्वास छ ।

प्रतिक्रिया दिनुस