दिलको पूजा गर्ने सके पूजारी नै हुन्थे आज
तिम्रो साथ पा’को भए चन्द्रमा नै छुन्थे आज
विश्वास भए तिमी माथि राम्रै खबर सुन्थे आज
तिम्रो सहरा पा ’को भए एक्लै किन रून्थे आज
दुस्ख-सुख पोख्थे तिमी नजिक आउछौँ भने
रमाउँथे म एकैछिन मिलनको गीत गाउछौँ भने
सफल हुन्थ्यो हाम्रो प्रेम मैले जस्तै धाउँथ्यौ भने
किन हुन्थ्यो बिछोड आज साँचो प्रेम लाउँथ्यौ भने
थाहा छैन मुटु मेरो ऐना सरी चर्केको छ
दुस्ख पर्दा रमाउने समाजदेखि तर्केको छ
न्यानो तिम्रो कोखमा बस्न ̒̒विवश” भई सर्केको छु
तिम्रोपछि भाग्दाभाग्दै रित्तो हात फर्केको छु ।
(योगेन्द्र शाह, दुर्गालक्ष्मी स्मारिकाबाट साभार)
प्रतिक्रिया दिनुस