केशव थापा
जेठ १४
कञ्चनपुरको पुर्नवास नगरपालिकामा माध्यामिक शिक्षा परीक्षा(एसईई)मा एक सामुदायिक विद्यालयले सबैभन्दा उत्कृष्ठ नतिजा ल्याएको छ । एसईई परीक्षा ०८२ मा पुर्नवास नगरपालिका २मोतीबस्तीको सरस्वती माविले सबैभन्दा उत्कृष्ठ नतिजा ल्याएको हो । एसईईमा सरस्वती मावि नगरमै पहिलो विद्यालय भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको पुर्नवास नगरपालिका शिक्षा शाखाको तथ्याङ्क अनुसार सरकारी लगानीमा संचालनमा रहेको उक्त विद्यालय नगरमै पहिलो भएको छ । १सय १२ विद्यार्थी मध्ये ८५विद्यार्थी उत्र्तीण अर्थात ७६ प्रतिशत नतिजा ल्याएको पालिकाले जनाएको छ ।
पालिका तथ्याङ्ग अनुसार सोही वडामा रहेको निजी विद्यालय सिद्धनाथ विद्या निकेतनले विद्यार्थी नै नहुँदा सुन्य नतिजा आएकोछ ।
यस्तै निजी विद्यालय तर्फ एजी बोडिङ्ग स्कुल, दुर्गा सेकेन्ड्री र नवयुग विद्या निकेतनले सत प्रतिशत नतिजा ल्याएको छ । एजीका १४विद्यार्थी मध्ये १४पुरै, दुर्गाका ३४मध्ये ३४ र नवयुगका १७ मध्ये १७ पुरै विद्यार्थी उर्तीण भएका हुन ।
पालिका शिक्षा शाखा तथ्याङ्क अनुसार जनकल्याण मावि २१मध्ये २०, दुर्गा मावि ४५मध्ये २७, गौरीशंकर मावि प्राविधिक धार ३२मध्ये १९, साधारण तर्फ ५३मध्ये ३१, पुर्नवास जनता मावि ९४मा ४५, जिवनज्योती मावि ४३मा १४, बालबागेश्वरी मावि २१मा १, बागेश्वरी मावि ६७मा १४, राष्ट्रिय मावि ३२मा ४, विजय मावि ६४मा २४, राष्ट्रिय मावि ६६मा १६, शान्ति मावि १५मा १२, रामबुद्ध मावि २१मा १७ र निजी विद्यालय तर्फ ब्रिलेन्ट स्टार २१मध्ये १७, एसपीएल एकेडेमीका ३०मध्ये ५, अरेन्टका ३२मा २०, युगज्योतीका ३५मा २२, सिद्धार्थ पब्लिक स्कुलका ३४मा ३३, भानुका ३६मा ३५, बालरुपान्तरका २०मा १९, खप्तडका ३२मा २७, प्रिती गार्डेनका २४मा १७ जिवनशक्ति माविका ३०मा ३मा उर्तिण भएका छन । १४ सरकारी, १४ निजी गरेर जम्मा २८ विद्यालयका १ हजार ४४विद्यार्थीले एसईई परीक्षा दिएका थिए । जसमध्ये ५९२ विद्यार्थी उत्र्तीण भएका छन । सरस्वती मावि मोतीबस्तीका प्रद्यानाध्यापक जितेन्द्र पौडेलले विद्यालय, विद्यार्थीको मेहनतदेखि अभिभावको साथ सहयोग, सर्मथनमा उत्कष्ठ नतिजा आएको बताए । प्रंअ पौडेलले शैक्षिक सत्रको शुरुवातदेखि नै अतिरिक्त कक्षा संचालन गरिएको बताए । सत प्रतिशत नतिजा ल्याएको एजजी बोडिङ्ग स्कुलका प्रिन्सिपल बुद्धि बहादुर तामाङ्ग विद्यार्थी शिक्षकको मेहनतको प्रतिफल भएको बताए । उनका अनुसार विद्यालय प्रशासनले अभिभावकदेखिका सरोकारवालाको हेरचाले विद्यार्थीले सफलता पाएको छ । पर्नुवास नगरपालिका शिक्षा शाखा प्रमुख शिवराज भट्टले एसईई नतिजाको समिक्षा सहित आगामी दिनमा थप शैक्षिक सुधार ल्याउन पालिकाले पहल गर्ने बताए ।

