कोभिड–१९ कारण त्रिदेशीय शृंखला रोकिएपछि राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण पनि स्थगित गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सूचना प्रकशित गरि शनिबारबाट बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको छ।

बन्द प्रशिक्षण स्थगित भए पनि खेलाडीले स–साना समूहमा प्रशिक्षण गर्ने क्यानले जनाएको छ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्टकल्यान्डबीच अर्को महीना त्रिदेशीय प्रतियोगिता तय भएको थियो। तर, कोभिड–१९ का कारण आईसीसीले सन् २०२२ को जुलाईसम्मका लागि प्रतियोगिता स्थगित गरेको छ। त्यसैको तयारीका लागि गत सातादेखि क्यानले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण थालेको थियो। कोभिड–१९ का कारण प्रतियोगिता नै एक वर्ष सारिएपछि बन्द प्रशिक्षण पनि रोक्नु परेको क्यानले जनाएको छ।

प्रतिक्रिया दिनुस