काठमाडौं।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गैरकानुनी रुपमा श्रीलंका पुगी समस्यामा परेका २५ जना नेपाली महिलालाई उद्दार गरी स्वदेश फिर्ता ल्याएको छ।

उनीहरुलाई तस्करहरुले खाडी राष्ट्र लगिदिने भन्दै श्रीलंका पुर्‍याएर अलपत्र छोडेका थिए। श्रीलंकाको अदालतले स्वदेश फर्कने बाटो खुला गरेपछि सरकारले उनीहरुलाई उद्दार गरी ल्याएको हो। २६ जनामध्ये एक जनालाई कोरोना संक्रमण रहेका कारण उनलाई पछि ल्याइने जनाइएको छ।

प्रतिक्रिया दिनुस