कैलाली । कैलालीमा चिराकीलाई साईकल र हाते माइक वितरण गरिएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर १ ले लामो समयदेखि गाउँमा चिराकीको काम गर्दै आएकाहरुलाई सूचना सम्प्रषेणमा सहयोग होस् भनी साइकल र माइक वितरण गरिएको जनाएको हो।
चिराकीले समुदायका सबैजसो सूचना पुरÞ्याउने, गाउँमा केही शुभरअशुभ घटना भएमा सूचना दिने कार्य गर्दछन्। ‘‘चिराकीले गाउँको विकास निर्माणमा होस् या सामाजिक कामकाज, हरेक गतिविधिबारे गाउँमा सूचना सम्प्रेषण गर्दै आइरहेका छन’् वडाध्यक्ष धनीराम चौधरीले भने, ‘‘समाजमा दिनुपर्ने सूचना प्रवाह सहज होस् भनेर सामग्री वितरण गरेका हौँ।’’

वडाका ६ चिराकीले सामान पाएपछि माइकको सहायताले सूचना दिन सहज हुने बताउँछन्। समुदायमा सामाजिक काम गर्दै आएका चिराकीले खासै तलब पाउँदैनन्। कतिपय ठाउँमा निःशुल्क काम गर्छन् भने कतिपय गाउँमा बडघरको नेतृत्वमा चिराकीको तलब तोकिएको हुन्छ। समाजसेवी लालवीर चौधरीकाअनुसार लामो समयदेखि थारु समुदायमा प्रचलनका रुपमा रहेका चिराकी बडघरका सहयोगीकारुपमा काम गर्छन्। ‘‘चिराकीले बडघरले खटाएको काम गर्छन्, उनीहरु रातदिन नभनी समुदायको हीतमा खटेका हुन्छन्’’, समाजसेवी लालविर भन्छन्, ‘‘तलब तोकेका गाउँमा पनि चिराकीको तलब कम हुन्छ।

गाउँकै मानिसले उठाएको अन्न वा रकम उनीहरुलाई तलब दिने हो। बडघर र चिराकीलाई तलब दिने अन्य स्रोत समुदायसँग केही हुँदैन। सामाजिक योगदान दिने मानिसलाई स्थानीय सरकारले प्रोत्साहन गर्नु राम्रो हो ’’ पछिल्लो समय बडघर तथा चिराकीले स्थानीय सरकारलाई पनि सघाउँदै आएका छन्। उनीहरुले बडघर तथा चिराकीलाई कानूनी मान्यता दिने खालको नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्ने माग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुस