नेकपा माओवादी केन्द्रले कारबाही गरेका कैलालीका चार जनप्रतिनिधिको पद जोर्गिएको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत चार जनप्रतिनिधिको थमौती गरेको हो । सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले शुक्रबार अन्तरिम आदेश मार्फत पद थमौती गरेको हो। भजनी नगरपालिकाकी उपप्रमुख छाँया देवकोटा, गौरीगंगा नगरपालिका–४ का अध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका–१ का अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पुरन बिसीको पद जोगिएको हो।

उनीहरूले पदबाट राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको एवं निज आफैंले वा निज समेत संलग्न भई अर्को दल गठन गरेको यकिन अवस्था नदेखिएकाले कारबाहीमा रोक लगाइएको सर्वोच्चको आदेशमा उल्लेख छ।

प्रतिक्रिया दिनुस