काठमाडौँ,१६ असार । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले ६ बुँदे प्रस्ताव पारित गरेको छ । शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको तेह्रौं बैठकले विभिन्न ६ बुँदे प्रस्ताव तयार पारेको नेता विशाल भट्टराईले जानकारी दिए । बैठकले पुष्पलाल, मनमोहन र मदन लगायतका अग्रजहरुप्रति सम्मान, कोभिडबाट मृत्यु हुनेप्रति श्रद्धाञ्जली, सम्पूर्ण संक्रमितहरुप्रति स्वास्थलाभको कामना, बाढीपहिरोबाट ज्यान गुमाउनेप्रति श्रदासुमन अर्पण, घाइतेहरुको स्वास्थ्यलाभको कामना र बिस्थापितहरुको दीगो पुनर्स्थापना, वरिस्ठ नेता झलनाथ खनालको सिघ्र स्वास्थ्यलाभको कामना र पार्टीको तर्फबाट उपचार खर्चको ब्यवस्था गरिनेस पार्टीको आन्तरिक समस्या समाधानार्थ आह्वान गर्ने र चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्षको उपलक्ष्यमा चीनले प्राप्त गरेका उपलब्धिका लागि चिनियाँ नागरिकप्रति बधाई ज्ञापन गरेको उनले जानकारी दिए ।

बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता र महासचिव ईश्वर पोखरेलले संचालन गरेका थिए ।आजको बैठकमा उपाध्यक्ष वामदेव गौतमले ‘म तपाईंसँग आएको छु फर्केर जान्न, ननिकालेसम्म एमालेमा बसिरहन्छु । मलाई जिम्मेवारी दिएमा तपाईंको सहमतिमा म एकता गराउनेछु’ भन्दै एकताका लागि प्रतिबद्धता व्यक्त गरेका थिए । आजको बैठकमा उपाध्यक्ष, हरि पराजुली, गणेश पहाडी लगायतका केन्द्रीय सदस्यहरु पार्टी विवादपश्चात् पहिलोपटक उपस्थित भएका थिए । अर्को बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ ।

प्रतिक्रिया दिनुस