दार्चुलाको महाकाली नगरपालिकाले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने भएको छ। गत जेठ ७ गते बसेको नगरस्तरीय बैठकको निर्णय अनुसार नगरपालिकाले दोस्रो लहरको कोरोना भाइरसको महामारीमा अग्रपङ्क्तिमा खटिएर काम गरेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन ४ लाख ५० हजार रुपैँया बजेट विनियोजन गरेको हो।

महामारीका बेला उपचारमा संलग्न स्वास्थ्यकर्मीका साथै महिला स्वास्थ्य स्वयम सेविका तथा जनप्रतिनिधिहरुलाई पनि नगरपालिकाले जोखिम भत्ता दिने बताइएको छ। कोरोना संक्रमतिको घरमा पुगेर उनीहरुको अवस्था तथा उपचारमा संलग्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका तथा जनप्रतिनिधिहरुलाई प्रतिव्यक्ति ५ सय रुपैँयाका दरले जोखिम भत्ता उपलब्ध गराइने जनाइएको छ। जसमा ५० जना स्वास्थ्यकर्मी, ४५ जना महिला स्वास्थ्य स्वयमसेविका र ३६ जना जनप्रतिनिधिलाई भत्ता उपलब्ध गराइने छ।

प्रतिक्रिया दिनुस