sharethis sharing button

काठमाडौँ ,असार ,१९। नेकपा (क्रान्‍तिकारी माओवादी) निकट अनेरास्‍ववियू (क्रान्तिकारी)ले शुक्रबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
क्रान्तिकारीले शुक्रबार माइतीघर मण्डलामा जनतालाई कोभिडविरुद्ध निःशुल्क खोप, लिपुलेक कालापानी, लिम्पियाधुरासहितको नक्सा पाठ्यक्रममा  राख्नुपर्नेलगायतका माग राख्‍दै प्रदर्शन गरेको हो ।

क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आम नेपाली नागरिकलाई केपी ओली सरकारले तत्‍काल निःशुल्क कोभिड खोप दिनुपर्ने माग गरे । उनले निजी अस्पतालदेखि शैक्षिक संस्थाहरूले समेत ब्रम्हलुट गरिहँदा सरकार मौन बसेको भन्दै आपत्ति जनाए ।

त्यस्तै,  क्रान्तिकारीकी उपाध्यक्ष सिलु न्यौपानेले प्रधानमन्त्री ओलीले सत्ताका लागि झुटो खेती गरिरहेको आरोप बताए । प्रधानमन्त्री केपी शर्मा ओली सरकार बचाउन र आफ्नो स्वार्थ पूरा गर्न लागि परेको आरोप लगाउनु भयो। विरोध प्रदर्शन कार्यक्रममा अखिल क्रान्तिकारी नेता हरुलाई उपस्थित रहेका थिए।

प्रतिक्रिया दिनुस