बेलडाँडी गाँउपालिकाले राधाकृष्ण आधारभूत विद्यालयको कम्प्युटर खरिद विद्यालयले नै गरेको जनाएको छ । चालु आर्थिक बर्ष २०७७/०७८को ३ नक्बर वडाको योजना अनुरुप विद्यालयले नै कम्प्युटर खरिद गरेर भुक्तानीका लागि गाँउपालिकामा पेश गरेको जनाएको हो ।

शुक्रबार बेलडाँडी गाँउपालिकाले पत्रकार सम्मेलन गर्दै विद्यालयले कार्यादेश बिनै आफैले कम्प्युटर खरिद गरेको जनाएको छ । गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश भट्टले गाँउपालिकाबाट विनियोजित तीन लाख बजेटमा विद्यालय आफैले धनगढीको मोहराईन कम्प्युटर पसलबाट कम्प्युटर खरिद गरेको बताए । ‘सार्वजनिक ऐन अनुरुप एक लाख भन्दा बढिको समान खरिदका लागि कोटेशनको बिधीबाट खरिद गर्नुपर्छ, तर विद्यालयले कोटेशन बिनै खरिद गरेको रहेछ ।’
कोटेशन बिनै खरिद गरिएका कम्प्युटर समाग्रीको वडाबाट सिफारिस सहित विद्यालयका प्रअ गणेश बहादुरसिह आफै भुक्तानीका लागि कार्यालयमा आएको बताउदै उनले जिन्सी शाखाबाट खरिद गरेर ल्याईसकेका कम्प्युटरको भुक्तानीका लागि गाँउपालिकाले सहजिकरण गर्दा कर्मचारीमाथि उल्टै आरोप प्रत्यारोप लगाएको भन्दै प्रमुख प्रशासकीय अधिकृत भट्टले दुखेसो पोखे । ‘विद्यालयले गाँउपालिकाको कार्यदेश बिनै खरिदगरेका समानको भुक्तानीका लागि कार्यालयबाट सहजिकरण गरिएको हो, ‘उनले भने, ‘झन राम्रो सहजिकरण गर्दा उल्टै आरोप लगाईयो, यो भन्दा दुखत अरु के हुन्छ ।’ कम्प्युटर आपूर्तिकर्ता संगै विद्यालयबाट गएका व्यक्तिले कमिसनको मोलमोलाई गरेको उनले बताए । ‘कार्यालयमा हेडसर आए खै विद्यालयको चेक भने, ‘प्रमुख प्रशासकीय अधिकृत भट्टले भने, ‘दोस्रो दिनदेखि हुलहुज्जल लिएर आए अहिले मलाई अनावश्यक धम्की दिईरहेका छन ।’

कार्यालय र कर्मचारीबाट गल्ती भएको भए कानुनी उपचार खोज्नका लागि आग्रह गरेपनि कानुनी उपचारको साटो हुलहुज्जल दिएर कार्यालमा आउन थालेपछि गाँउपालिकाले सुरक्षाका लागि प्रहरीलाई निवेदन दिएको बताए । गाँउपालिका अध्यक्ष धन बहादुर थापा नेतृत्वको छानबिन समिति र समितिले ल्याएको प्रतिवेदन गाँउ सभाले अवैध भन्दै बदर गरेको थियो । छानबिन समिति बारे कानुन व्यवसायी एव न्यायिक निकायमा सरसल्लाह गर्दा उक्त समिति अवैध र समितिको प्रतिवेदन नै वैध नभएकाले गाँउसभाबाट खारेजी गरिएको हो ।
राधाकृष्ण विद्यालयका प्रअ गणेश बहादुर सिहले विद्यालयको कम्प्युटर खरिद बार्किनिङ्गमा आफुले र विद्यालयको कुनै संलग्नता नभएको दावि गरे । गाँउपालिका अध्यक्ष नेतृत्वमा गठन गरिएको छानबिन समितिको प्रतिवेदन नै आधिकारिता भएको बताउँदै बाँकी विषय अध्यक्षलाई सोध्न आग्रह गरे ।
उक्त प्रकरणमा गाँउपालिका मातहतका कर्मचारीले सम्पूर्ण कर्मचारीको सुरक्षा एव सहज वातावरणक निर्माणका लागि गाँउपालिका अध्यक्षलाई हस्ताक्षर निवेदन दिएका छन । मोहराईन कम्प्युटरका सचालन महेश चौधरीले कम्प्युटर खरिदका लागि विद्यालयकै मान्छे आएको बिल बढाईदिन आग्रह गरेको बताए ।

यस अघि गाँउपालिकाले कर्मचारीमाथि धम्की दिने व्यक्तिहरुको नाममा सुरक्षाका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा निवदेन दिएका छन । बेलडाँडी गाँउपालिका राधाकृष्ण विद्यालयको कम्प्युटर खरिद प्रकरणमा विवाद देखिएपछि गाँउपालिका क्षेत्रमा सुरक्षाकर्मीले उच्च निगरानी बढाएका छन । कर्मचारी, गाँउपालिकाले कर्मचारीमाथि हातपात एव कुटपिटका घट्नाहुनसक्ने भन्दै गाँउपालिका कार्यालय एव कर्मचारीलाई निगरानीमाराखेको छ । समान्य विद्यालयको कम्प्युटर खरिदमा अनावश्यक विवाद झिकेर गाँउपालिकाको बदनाम गराउनका लागि विवादमा झाँसिनुभन्दा गाँउको एकिकृत विकासका लागि ध्यानदिन युवाहरुले सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुस