धन्नजय अवस्थी

नेकपा माओवादी केन्द्रले कञ्चनपुरको कृष्णपुरमा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा खोपको दुरुपयोग भईरहेको आरोप लगाएको छ । महामारी रोकथामका लागि सघीय सरकारले दिएको खोपमा नगरका जनप्रतिनिधी र कर्मचारीको मिलोमतोमा खोपको दुरुपयोग भईरहेको आरोप लगाएको हो । सोमबार नेकपा माओवादी केन्द्र कृष्णपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानीय सरकार र कर्माचारीको मिलोमतोमा मापदण्ड तोकिएको विपरित आफु र आफल्ना आफन्तलाई उमेर ढाँटेर लुकाएर लगाएको घटनाप्रति आपत्ति जनाएको छ । निश्चित उमेर समुहका जेष्ठ नागरिक बृद्धबृद्धाका लागि आएको ओप गैर जिम्मेबारीपुर्वक कोरोनाको खोपको हिनामिना गरिएको भन्दै छानबिनको माग अघि सारेको छ । खोप हिमामिना गर्ने कर्मचारी तथा जनप्रतिनिधीलाई कार्बाहीको दायरामा ल्याउन समेत माग गरिएको छ । नेकपा माओवादी केन्द्र केन्द्र कृष्णपुरका सचिव जगदिश मल्लले हस्ताक्षर गरेको विज्ञप्तीमा खोप हिनामिना गर्नुभन्दा सम्पूर्ण नगरबासीलाई दिन आग्रह गरिएको छ । कृष्णपुर नगरपालिका यस अघि पनि कोरोना महामारीका बेला विवादमा पर्दै आएको थियो । कहिले करेन्टकाण्ड कहिले एम्बुलेन्सकाण्डमा मुछिदै आएको छ । कृष्णपुर नगरपालिका स्वास्थ्य शाखाले भने खोप दुरुपयोग नभएको जनाएको छ । स्वास्थ्य संयोजक नन्दलाल बोहराले कृष्णपुरमा खोप दुरुपयोग भएको भन्दै हल्ला निराधार भएको दावि गरे । उनले कुनैपनि कर्मचारी र जनप्रतिनिधीले खोप दुरुपयोग नगरेको बताउदै अनावश्यक हल्ला फिजाईएको बताए । उमेर लुकाएर जनप्रतिनिधीले आफ्ना मान्छेलाई खोप दिलाएको भनेर लगाएको आरोप सत्य नभएको बताए । कृष्णपुरका स्थानीयले खोपमा समेत राजनीति नगर्न र दुरुपयोग नगर्न आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुस