महेन्द्रनगर–कञ्चनपुरको भीमदत्त नगरपालिकाले ऐलानी जग्गाको नापजाँच शुरु गरेको छ। नगरपालिका भीत्र भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको लगत संकलन पछि आईतबार देखी प्राविधीकको टोली फिल्डमा खटाइएको नगरपालिकाकाले जनाएको हो।
नगरप्रवक्ता हिमाल चन्दका अनुसार आईतबार वडा नम्बर १६ मा मेयर सुरेन्द्र बिष्टले भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि जग्गा नापजाँचको उद्घाटन गरेका छन।
भूमि आयोग मार्फत भीमदत्त नगरपालिकामा यस अघि भूमिहिन, सुकुमबासी एव भूमिहिन दलित परिवारको तथ्याङ्क संकलन गरिएको थियो। वडा नम्बर १६ मा २ सय २४ घरघुरी भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी रहेको नगरप्रवक्ता चन्दले जानकारी दिए। यस्तै नगरपालिकामा करीब ८ हजार घरधुरी भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी रहेका उनले जनाए। उनले भने,–यस अघि लगत संकलनको काम सम्पन्न भयो, अब प्रावीधीकको टोली फिल्डमा खटिएर वास्तविक सुकुम्वासीको पहिचान गर्ने छ।’
मेयर सुरेन्द्र बिष्टकै कार्यकालमा उक्त घर घुरीको पहिचान गरी लालपुर्जा वितरण गरीसक्ने नगरपालिकाले दावी गरेको छ। जग्गा नाप नक्साङकन उद्घाटन गदैै मेयर सुरेन्द्र विष्टले संविधानमा उल्लेख भए अनुरुप सबै नागरिकलाई जमिनको मालिक बनाईने जनाए।
मेयर विष्टले आवश्यक प्रकृया सबै अघि बढाएर आफ्नै कार्यकालमा भूमिहिन नागरिकलाई लालपुर्जाको मालिक बनाउने योजना रहेको जनाएका छन्।