बझाङ,३ साउन – बझाङमा श्रीमतीमाथी कुटपिटपछि कान काटेर फरार श्रीमान पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–१ भण्डारगाउँकी २१ वर्षीया जानकी नेपालीको गत असार २८ गते उनका पति २५ वर्षीय मनोज नेपालीे कानकाटेर फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय बझाँङका अनुसार कान काटेर घाइते भएकी जानकीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। मनोजले आफन्तसँग हाँसेको आरोपमा निर्घात कुटपिट गरी आफ्नो बाया कान काटिदिएको जानकीले बताएकी छन्।
‘जे हातमा प¥यो त्यही सामानले कुट्यो। म ढलेपछि चक्कुले कान काटिदिए। त्यसपछि काटिएको ठाउँमा दाँतले चपायो अनि रगत चुस्यो,’ जानकीले भनिन्, ‘काटिएको कान मेरो हातमा दिँदै भोलि मेडिकल गएर जोडी माग्नु भन्यो र भाग्यो।’ जानकीकको काटिएको कानको शल्यक्रिया भएको छ। तर, कान जोडिने, नजोडिने निश्चित नभएको चिकित्सकहरूले बताएका छन्। मनोजले विवाहको केही महिनादेखि नै आफूलाई यातना दिन सुरु गरेको जानकीको आरोप छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रूपक खड्काले निज मनोजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएका छन्।