भुवन भट्ट साउन ५–महेन्द्रनगरमा छाडा पशु चौपायाकोउचित व्यवस्थापन गर्न स्थानियतह उदासीन देखिएको छ । भीमदत्तनगरपालिकामा छाडा पशु चौपायाको उचित व्यवस्थापन नुहदा यस वर्षपनि चौपाया महेन्द्रनगर बजारमा छरिन थालेका हुन् । छाडा चौपाया व्यवस्थापनमा करिब १ करोड खर्चेको भीमदत्तनगरपालिकाले दुई वर्ष भित्र सम्पूर्ण चौपाया व्यवस्थापन गरिसक्ने लक्ष्य लिएको थियो ।

नगरपालिकाले बजेटको केही खर्च वडा नम्बर १९ बागफाँटा र वडा नम्बर –९ ब्रह्मदेवमा गौशाला निर्माणमा ग¥यो । बागफाँटामा ८ बिघा जमिन लिजमा लिएर नगरपालिकाले करिब ५ सय चौपाया व्यवस्थापन गर्न सक्ने क्षमताको गौशाला निर्माण गरेको थियो । अहिले उक्त गौसामा चौपाया नै नरहेको नगरपालिकाका सूचना अधिकारी हरीसिह धामीले जानकारी दिए । उनले भने,– झापाका एक जनालाई चौपाया व्यवस्थापनको जिम्मेवारी दिएका थियौ, तर उक्त व्यक्ति फरार छन् ।

वडा नम्बर ९ स्थित ब्रमदेवमा ४० को हाराहारीमा पशु चौपाया राखिएको नगरपालिकाले सूचना अधिकारी धामीले बताए। उक्त गौशालाहरूमा नगर भित्रका करिब साढे ५ सय चौपाया व्यवस्थापन गर्न सक्ने क्षमता रहेको नगरपालिका बताउछ।

तर करिब ५ सय बढी चौपायामा सहरमा छरीएर रहेका छन् । ती चौपायाको उचित पालन गरी जैविक मल, वायु ग्यास बनाउने समेत लक्ष्य रहेको नगरपालिकाले जनायो । नगरपालिकाले घर–घरमै गई पशु चौपायाको कानमा ट्याग लगाउने कार्य समेत गरिएको जनाएको छ । १९ ओटै वडाका करिब १० हजार बढी पशु चौपायाका कानमा ट्याग लगाइएको सूचना अधिकारी धामीले बताए। उनले भने,– चौपाया व्यवस्थापन भन्दै कानुन पनि निर्माण गरेका थियौ, जथाभाबी छोड्नेलाई दण्डित सम्म गरिएको हो ।᾽

तर आफ्नै कानुनको उचित कार्यान्वयन गर्न नसकिएको नगरपालिका जनाउँछ। सूचना अधिकारी धामीका अनुसार अहिले नगरपालिकाले निर्माण गरेको गौशालामा ४० चौपाया मात्रै राखिएका छन् । तर बजार क्षेत्र गरी ५ सय बढी चौपाया किसानहरूका लागी हैरानी बनेका छन्। छाडा चौपायाको बिकबिकिले महेन्द्रनगर बजार कुरूप सँगै आवतजावतमा समेत कठिनाइ भएको गुनासो गर्न थालिएको छ ।

एकातिर नगरपालिका चौपाया व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेको जनाउँछ। सूचना अधिकारी धामीले चौपाया व्यवस्थापनका लागी नगर परिषद्मा कुनै आवाज उठेको नपाइएको जनाए । उनले पछिल्लो २ वर्ष देखी चौपाया व्यवस्थापनमा बजेट विनियोजन गर्न छाडिएको बताए । आर्थिक वर्ष २०७५–७६ र २०७६–२०७७ मा दुई गौशाला निर्माण र ट्याग लगाउनका लागी ८६ हजार बढी खर्च भएको नगरपालिकाका सूचना अधिकारी धामीले बताए।

तर त्यस यता भने छाडा पशु चौपाया व्यवस्थापनका लागी भन्दै कुनै रकम नछुटाइएको र बनाइएका गौशाला समेत व्यवस्थापन गर्न नसकिएको नगरपालिकाले स्वीकार गरेको छ ।

भीमदत्तको टिप्परले संविधान चोकमा गाई किच्यो

भीमदत्तनगरपालिकाको टिप्परले सोमबार बिहान संविधान चोक नजिक गाई किचेको जानकारीमा आएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमर माझिले गाइको उपचारका लागी नस्ल सुधार केन्द्रमा लगिएको जानकारी दिए ।

एकातिर भीमदत्त नगरपालिका छाडा पशु चौपाया व्यवस्थापनमा उदासीन देखिएका बेला नगरपालिकाकै टिप्परले चौपाया किच्न थालेपछि स्थानीयले आक्रोश समेत पोखे । तर भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल बहादुर चन्दले भने बाटोमा आवत जावत गर्न समस्या भएपछि टिप्पर गाई किच्न पुगेको हुन सक्ने बताए । उनले उक्त गाइको आवश्यक उपचार गरी गाई धनीलाई बुझाइने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुस