कृष्ण बहादुर दमाई , कञ्चनपुर श्रावन ७ । दोस्रो चरणको कोरोना माहामारीका समयमा कञ्चनपुरका सिमान्तकृत महिला चरम अभाव र मारमा परेको एक कार्यक्रमका सरोकावाला पक्षले बताएका छन । बुधबार महेन्द्रनगरमा मानव अधिकारका लागि माहिला एकल महिला समुहले ‘कोडिभ १९ दोस्रो चरणको लकडाउनको अवस्था र पत्रकारले निर्वाह गरेको भूमिका विषयक’ अन्र्तरकृया कार्यक्रममा सहभागिहरुले माहामारीका बेला कञ्चनपुरका सिमान्तकृत महिला चरम मारमा परेको एक कार्यक्रमका सरोकावाला पक्षले बताएका हुन ।
कार्यक्तम संचालन समेत गरेकी मानव अधिकारका लागि माहिला एकल महिला समुहका सचिव रमा उपाध्यायले एकारित घरयासी आर्थिक अभाव अर्कातिर महामारीका बेला बाँच्न समस्या भएको बताईन । ‘महामारीका बेला सबैभन्दा एकल महिला एव सिमान्कृत महिला मारमा परेका छन, ‘उनले भनिन, ‘एकल महिलाको उद्दारका लागि सरकारी निकायबाट पहल गर्नुपर्छ ।’ पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले हिन्सामुक्त समाजका लागि पत्रकारको भूमिका निर्वाहमा जोडदिए ।
कार्यक्रममा मानव अधिकारका लागि माहिला एकल महिला समुहका कार्यक्रम संयोज बिर बहादुर नेपालीले कार्यपत्र प्रस्तुत गर्दै महामारी न्यूनिकरणका लागि गरिएको लकडाउनका बेला सबैभन्दा बढि सिमान्तकृत महिला मारमा परेको बताउदै उनीहरुको पूर्नत्थानका लागि जोडदिए । उनले महिला कञ्चनपुरका अझैपनि महिलामाथिका हिन्साएव यौनजन्य घटना नरोकिएको बताए । महिला हिन्सा रोकथामका लागि महिलाको नेतृत्वको विकास, उद्यमशिलता एव अनुदानका कार्यक्रम संचालन गरिने उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले महिला हिन्सा रोकथामका लागि संचारकर्मी एव सरोकारवाला पक्षविच सहकार्य एव समन्वय भएर अघि बढनुपर्ने बताउदै हिनसा रोकथामका लागि संचार क्षेत्रबाट भूमिका निर्वाहमा प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रमका अध्यक्षता ग्रहण गरेकी मानव अधिकारका लागि माहिला एकल महिला समुहकी अध्यक्ष जानकी जोशीले सिमान्तकृत महिलाको बृद्धि विकास, आत्मनिर्भरका लागि सरोकारवाला पक्षले योजना ल्याउनुपर्नेमा जोडदिदै थुप्रै खाले पीडा भोकिरहेका महिलामाथि सरकारी निकायले प्रभावकारी योजना ल्याएर कार्यान्वयनमा जोडदिईन ।