नेपाली बजारमा सोमवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू १०० ले घटेको सुनको भाउ सोमवार सोही अंकले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू। ९२ हजार १०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू। ९२ हजारमा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू। १०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू। ९१ हजार ६०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू। ९१ हजार ५०० मा कारोबार भएको थियो । यस्तै, सोमवार चाँदीको मूल्य स्थिर रहेको छ । आइतवार प्रतितोला रू। १ हजार २७० मा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुस