शुनिल लो
कञ्चनपुर, १८ साउन , चार बर्ष अघि कञ्चनपुरको पूनर्वास नगरपालिका ४ आनन्द बजारका नेपाली नागरिक गोबिन्द गौतमलाई भारतीय अर्धसैनिक बल (एसएसबी)ले गोली प्रहार गरि हत्या गरिदिए । सरकारले जनस्तरको दवावपछि मात्रै गोबिन्दलाई सहिद घोषणा गर्यो, स्थानीय सरकारले गोबिन्दकी धर्मपत्नी लक्ष्मी गौतमलाई नगरपालिकामा रोजगारी दिने आश्वासन दिएको थियो, तर नदिएपछि उनले क्षेत्र १की संसद एव निर्वतमान खानेपानीमन्त्रीले ०७६ भदौँ २९मा खानेपानी कार्यालय कार्यालय काठमाण्डौँमा रोजगारी दिलाएपछि उनी तीन सन्तान सहित काठमाण्डौँमा बस्दै आएकी छिन । दार्चुला घटनाले उनलाई आफ्नै श्रीमानको झल्को आईरहेको छ ।

भारतबाट क्षर्तिपूर्ति दिए, त्यही १० लाख र रोजगारी गरेर छोराछोरीको भविष्य बनाउन काठमाण्डौँ आएकी छु । घरयासी अवस्था कमजोर भए साउदी बैदेशिक रोजगारीबाट मेरा श्रीमान गोबिन्द गौतम ०७५ मंसिरतिर घर आएपछि पुन कामका लागि भारत गए, दुई महिना भएको थियो, यता भिषा आयो, भनेर फागुनमा घर फर्किए, त्यही दिन मेरा सासु ससुरालाई अस्पताल लग्ने तयारी थियो , गाँउमा कल्र्भट निर्माणको विषयमा विवाद चलेको थियो । एसएसबीले काम रोकेपछि सबै गाँउले कल्र्भट निर्माण स्थलतिर गए ।

मेरा श्रीमान पनि एकै छिनमा आउँछु भनेर घरबाट हिडेका थिए । त्यहाँ आन्दोलन चर्किदै गएको थियो, एसएसबीले शुरुमा आँश्रुग्याँस प्रहार ग¥यो । लगत्तै गोली नै प्रहार गरिदियो । मेरा श्रीमान त्यही ढले, त्यहाँबाट केही स्थानीय सहितले पूनर्वास पोलिक्लिन ल्याए, त्यहाँबाट निको नभएपछि धनगढी ल्यायो, त्यही दिन हामीलाई छाडेर जानुभयो । भारत सरकारले केही क्षतिपूर्ति दिएन, नेपाल सरकारले सहिद घोषणा ग¥यो, १०लाख दियो । त्यतिमात्रै हो, स्थानीय सरकारले उतिबेला गाँउमै रोजगारी दिन्छु भनेर आवश्वास दियो, तर दिए, मैले रोजगारीका लागि कति लडे तर स्थानीय सरकारसग सकिन ।

मजदुरीका लागि काठमाण्डौँ आए । मैले मेरा पीडा बारै हाम्रै गाँउबाट निर्वाचित संसद एव उतिबेला खानेपानीमन्त्री बिना मगरसंग भनेर उनले खानेपानीमा काम लगाईदियो । मेरा तीनै सन्तान मसंगै काठमाण्डौँ महाराजगञ्जमा मासिक ८ हजार भाडा तिरेर बसेका छौँ । कमाई जतिका खाना, भाडा र छोराछोरीको शुल्कमा ठिक्क हुन्छ । तीनै सन्तानलाई मदरल्याण्ड स्कुलमा भर्ना गरेकी छु । जेठी छोरी आसिका ७, अर्की छोरी आकृति ३ र छोरा आयुष १मा पढ्दैछन । बृद्धसासुससुरा घर(गाँउमै छन) । अब कुनैपनि नेपालीले सीमा रक्षार्थ ज्यान गुमाउनु नपरोस, मेरो जस्तो नहोस, यही कामना गर्छु ।

प्रतिक्रिया दिनुस