गणेश एसके ,श्रावण १८, कञ्चनपुर, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दार्चुला घटनाको विरोध गर्दै कञ्चनपुरको झलारीमा सोमबार विरोध गर्दै प्रर्दशन गरेको छ । दार्चुलाका जयसिंह धामीको नदी तर्ने क्रममा एसएसबीले तुइन काटेर हत्या गरेको घटनाको विषयमा विरोध सभा गरेको हो ।
दार्चुला को सीमा नाकामा नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटेपछि नदीमा खसेर दार्चुलाका जयसिंह धामीको ज्यान गएको थियो । सो घटनाको अहिले चौतर्फी विरोध भइरहेको छ । जयसिंह धामी हत्या घटनाको सत्यतथ्य छानविनको माग गर्दै विप्लव निकट नेकपा ले विरोध सभा आयोजना गरेको हो ।
नेकपा मा केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज ओम प्रकाश पुनले जयसिंह धामी को रहस्यमय हत्या भारतीय बिस्तारबाद को उपज बताएका छन । विरोध सभालाई सम्बोधन गर्दै पुनले धामीको हत्याले देशको राष्ट्रिय स्वाधीनता,भौगोलिक अखण्डता,सार्वभौम स्वतन्त्रता, राष्ट्रिय अस्मितामाथि नाङ्गो हस्तक्षेप भएको भन्दै यसको सशक्त प्रतिरोधमा उत्रने चेतावनी दिएका छन । उनले अहिलेकै अहि पूँजीवादी दलाल संसदीय व्यवस्थाले नागरिकको सुरक्षा, जिउधनको रक्षा हुन नसक्ने र यसको दीर्घायु ,अपरिहार्य निकास भनेको वैज्ञानिक समाजवाद भएको बताएका छन । जसको स्थापना हाम्रो पार्टीले भनेको लोकतन्त्रको सर्वोत्तम अधिकार प्रयोग गर्दै जनमत संग्रह मार्फत आउने जिकिर गर्नु भयो । वैज्ञानिक समाजवाद र दलाल संसदीय व्यवस्था बीच जनमत संग्रह मा जाने वातावरण सिर्जना गर्न आम नागरिक तथा पार्टी पंक्तिलाई अपिल पनि गरेका छन।
प्रमुख अतिथि पुन रहेको उक्त सभामा अध्यक्षता जिल्ला सचिव रमेश परियार ले गरेका थिए भने कार्यक्रम सञ्चालन युवा संघ नेपाल का केन्द्रीय सदस्य भुवन कुंवरले गरेका थिए ।