कञ्चनपुर साउन १८ । नेकपा (क्रान्तिकारी माओवादी)ले दार्चुला घटनाको बिरोधमा कञ्चनपुरमा बिरोध प्रदर्शन कार्यक्रम गरेको छ । नेकपा ( क्रान्तिकारी माओवादी) कञ्चनपुरले सोमबार महेन्द्रनगरमा बिरोध प्रर्दशन गर्दै दार्चुला घटनाको भत्र्सना गरेको छ ।

बिरोध प्रदर्शन कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य हरि सुवेदीले दार्चुला घटनामा संलग्न एसएसबीलाई कार्बाही, मृतक परिवारलाई क्षतिपूर्ति दिनु पर्ने बताए । छिमेकी मुलुक भारतले नेपालीलाइ सिमानामा पटक पटक बिभिन्न किसिमका दुःख दिने गरेको बताए भारतीय एसएसवीको ज्यादती विरुद्ध क्रान्तिकारी माओवादी घोर निन्दा तथा भर्त्सना गर्दै नेकपा क्रान्तिकारी माओवादी तत्काल घटनाको सत्य तथ्य छानविन गर्ने र दोसी पत्ता लगाइ कारवाही माग अघि सारेको बताए ।

नेकपा (क्रान्तिकारी माओवादी )सुदुरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महरा (चिन्तक)ले सरकारले दार्चुलाको घटना गम्भीर रूपमा लिएर सत्य तथ्य छानविन गरेर दोषीमाथि कारवाही गरिनुपर्ने बताए। त्यस्तै एमसिसी सम्झौता खारेज गरिनुपर्छ बताए नेपालको हित बिपरित हुने सम्झौता खारेज गरिनुपर्ने बताए । क्रान्तिकारी माओवादीले एमसिसी सम्झौता खारेज गरिनुपर्ने भन्दै विगत देखि आन्दोलन गर्दै आएको बताए क्रान्तिकारी माओवादी एमसिसी सम्झौता खारेज गर्न आन्दोलनरत रहेको बताए।

कार्यक्रममा बोल्दै देजमो सुदुरपश्चिम प्रदेश अध्यक्ष विष्णु राम दमाईले  भारतीय एसएसवीको ज्यादती विरुद्ध क्रान्तिकारी माओवादी विगत देखि आन्दोलन गर्दै आएको बताए क्रान्तिकारी माओवादी राष्ट्रियताको लागि सधैं सडक आन्दोलन गर्दै आएको छ नेपाली सोझा जनतालाई दुःख दिने भारतीय एसएसवीको ज्यादती प्रति घोर निन्दा तथा भर्त्सना गर्दै दोसी पत्ता लगाएर कार्वाही गरिनु पर्ने बताए । कार्यक्रमको सञ्चालन कञ्चनपुर जिल्ला सेक्रेटरी कैलास ले गरेका थिए बिरोध प्रदर्शन कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी पार्टी नेता कार्यकर्ताले व्यापक उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुस