
काठमाडौं साउन१९। नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा सोमवार ठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो ।
भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्दै अखिल क्रानिकारीले पटक पटक सिमाक्षेत्रमा नेपाली माथी ज्यादति गरिरहेको एसएसबिको घोर भत्सना गर्दै सत्य तथ्य पत्ता लगाएर दोसी माथी कावार्हीको माग गरेका छन ।
भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा नेपाली युवक बेपत्ता भएको भन्दै अखिल क्रान्तिकारीले घटनाको छानबिन गरी दोषीलाई हदैसम्म कारबाही गर्न माग गरेका छन् । उनीहरुले भारतीय दूताबास नजिकै लैनचौरमा प्रदर्शन गर्दै दार्चुला घटनामा भारतको ज्यादती देखिएको भन्दै त्यसलाई बन्द गर्न माग गरेका छन् ।गत शुक्रबार दार्चुलामा तुइन तरेर सदरमुकाम खलंगातिर आउने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा ३५ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।भारतले भने एसएसबीले तुइनको डोरी नकाटेको दावी गरेको छ । गृह मन्त्रालयले घटनाको छानबिनका लागि सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।


 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    