महेन्द्रनगर २० साउन । कञ्चनपुरको बेदकोट नगरपालिकाले अव्यवस्थित बसोबासीको जग्गा नापजाँच शुरु गरिएको छ । बुधबारदेखि नगरपालिकाले १ नम्बर वडाबाट नागरिकको ऐलानी जग्गा नाप्ने कामको शुभारम्भ गरेको हो । हात्तिथला १ की गौरादेवीको जमिनमा जिपिएस प्वाईन्ट राखिएकोछ । सो संगै नगरका ९ हजार नागरिक जमिनका मालिक बन्ने भएका छन ।

बेदकोट नगरका मेयर अशोक कुमार चन्द, प्रदेशका समाजिक विकास मन्त्री लाल बहादुर खडका, प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले संयुक्त रुपमा जिपिएर प्वाईन्टको उद्घाटन गरेका छन । संघ सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजी गर्ने निर्णय गरेपनि बेदकोट स्थानीय सरकारले ऐलानी जमिन नाँपजाँज शुरु गरिने जनाएको छ । बेदकोट नगरका मेयर अशोक कुमार चन्दले नगरका ६० प्रतिशत नागरिकसंग जमिनको स्वामित्व नभएको बताए ।

‘संघ सरकारले आयोग खारेजी गरेको छ, ‘उनले भने ‘हामीले अव्यवस्थित बसोबासी, भूमिहिन दलित र सुकुमबासीको लगत संकलन गरिसकेका छौँ ।’ मेयर चन्दले गत फागुनदेखि लगत संकलन गरिएको बताउदै लगत प्रविष्ट गरिएको बताए । ‘सबै वडाहरुमा नापी टोली पठाँउछौँ, ‘मेयर चन्दले भने, ‘नगरभरी २ सय जिपिएर प्वाईन्ट राखेर काम अघि बढाउँछौँ ।’ राजस्व घटाउनुपर्ने उनले बताए । मेयर चन्दले चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप काम अघि बढाउने प्रतिबद्धता जाहेर गरे ।

बेदकोट नगरमा ५ सय ६१ भ्ूमिहिन दलित, सुकुमबासी र ८ हजार ६ स ५१ ले अव्यवस्थित बसोबासीमा फारम भरेका छन । नगरपालिकाले केन्द्रमा सरकारले भूमि आयोग विघटन गरेपनि नगरपालिकाले काम शुरु गरेर थप सहज पारेको बताए ।

प्रतिक्रिया दिनुस