कञ्चनपुर साउन २१ । कञ्चनपुरको कृष्णपुर नगरपालिका बन्डका देबसिंह भण्डारीकि ९ वर्षकी छोरी मनिसा भण्डारी आर्थिक अभावका कारण उपचार नपाएर बिगत तिन-दिनदेखी घरमा मृत्युसंग लडिरहेकी छिन् । मिर्गी रोगी रहेकी बालिका मकै पोल्ने क्रममा आगोमा जलेर आधा शरिरमा घाउ भएकी छिन् । आगोमा जलेकि मनिषा लाइ धनगढी उपचार गर्न सम्भव नभए पछि कोहलपुर पठाएको भए पनि आर्थिक अभावका कारण वालिका लाइ घरमा ल्याएर राखेको  बालिका बुबा देब शिह भण्डारी ले बताए ।

९ वर्षकी बालिकाको आमा सुस्त मनस्थिती रहेको  उनले बताए आर्थिक अभावका साथै दुई कठ्ठा खेत पनि ऐलानी जग्गा भएको कारण उपचार हुन सकेको  मनिषा ठुला बुबा पुस्कर भण्डारी बताउनुभयो ।

 

९ वर्षकी बालिका मनिसा भण्डार्री चरम आर्थिक अभावका कारण घरमै मृत्युसंग लडिरहेकी हुँदा सहयोगका लागी अपिल गरिएको छ । तर कसैबाट पनि सहयोग नपाएकोले छोरीलाई घरमै राख्न बाध्य भएको मनिषाका बाबु देब भण्डारीले बताउनुभयो। कलिलो नानिको जिवन रक्षाकालागी बुबा आमा बालिका आफन्तले सहयोगको अपिल गरेका छन् । आर्थिक सययोग गर्न चाहने ईच्छुक दाताहरुका लागी फोन नम्बर  ९८४८७४८४२८/९८१०६५२७१३  र पुस्कर भण्डारी लाइ सहयोग गरिदिनु अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुस