पुर्वखानेपानी मन्त्री तथा प्रतिनिधी सभा सदस्य बिना मगरको विशेष पहलमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा दर्जनौँ सडक र पुलका योजना छनौट भएका छन । चालु आर्थिक बर्ष २०७८÷०७९ मा संघ सरकारबाट संचालित हुने दर्जनौँ सडक र पुलका योजना छनौट भएका हुन । पुर्वखानेपानी मन्त्री तथा प्रतिनिधी सभा सदस्य बिना मगरका स्वकीय सचिव दिपक तिमिल्सेनले क्षेत्र नम्बर १ का चारै पालिका बेलडाँडी, बेलौरी, लालझाडी र पूनर्वासमा संचालित रणनीति सडक छनौट भएको बताए । ‘विशेषत मान्य ज्यूले क्षेत्र नम्बर १लाई सडक सञ्जाले जोड्दै स्तरिय सडक निर्माणका लागि माथिल्लो निकायमा पहल गरेर छनौट भएका छन, ‘उनले भने, ‘रातो किताबमा समेत प्रकासित भईरहेका छन, अब सम्बन्धीत कार्यालयबाट कार्यान्वयको चरणमा जान्छन ।’

 

निर्वाचनका बेला जनतासंग गरेका बाचा अनुरुप पुर्वमन्त्री मगरले क्षेत्रको एकिकृत दिगो विकास र सम्बृद्धिका लागि योजना अघि सारेको बताए । उनका लागि अनुसार बहुबर्षिय सहितका सडक रहेका छन । चालु बर्षका लागि छनौट भएका क्षेत्र नम्बर १ मा निर्माण हुने सडक यि हुन । १ पूनर्वास १० देखि लालझाडी १ नौरङ्गा हुँदै भकुण्डा बेलौरी ५ भकुण्डा हुँदै सिहपुर, कृण्डा, रतनपुर हुँदै बेलडाँडी, बेलडाँडी, खैरिघाट, वैवाह, बरैया, हात्तिबोजा हुँदै शान्तिपुर पुरानो चिनिमिल, रिछाह, विद्युत पावर हाउस, भुराकोट, कटान उभियाफाँटा हुँदै गोबिन्द गौतम चोक कोटिहोम देखि भकुण्डा सडक । २ खजुरिया बेलौरी भन्सारदेखि बेलडाँडीचोक डाग्रा दैजीसम्म । ३ भुराकोट बेलौरी शान्तिपुर रामनगर कश्वा गुलरिया ।

 

४ भुडा सडकघाट कलकत्ता रतनपुकर बेलडाँडी सडक । ५ बसही फटिया बन्दाताल खिरिष बुटाबारी बेलौरी । ६ बेलौरी भन्सार नयाँ गाँउ भगतपुर कलकत्ता खैरजार वैवाह स्वास्थ्यचौकी झिलमिला ईमलिया बेलडाँडी सडक । ७ लालझाडी गाँउपालिका ५वाणि हुँदै डाँगाजाई हुादै पर्सिया नन्दगाँउ कसुवा बिनबासी नौरङ्गा कृषि सडक । ८ दोदानदीको पुलदेखि पुनर्वास टाउन जोड्ने सडक । ९ पूनर्वास नगरालिका वडा नम्बर ५सुर्खेत चोक प्रगति चोक गौरीशंखर स्कुल चोक भोजपुरै लाईन हुँदै पूनर्वास कम्पनीको सडक । १० बेलौरी भन्सार भराकोट कटान गोकुलपुर बन्दाताल आरबिआईटी हुलाकी सडक । ११दोदा नदीमा पुल देखतभूली पर्सिया जोड्ने । १२ दोदा नदीमा पुल कञ्ज भकुण्डा जोड्ने । १३ गन्धानालामा पक्की पुल, बिर्ख बहादुर सुनारको घर अगाडी झिलमिला जोडने । १४ बैलौरी नगरपालिका १० र ८ जोडने सुतिया नालामा पुल ।

 

१५ सुतिया नदीमा पुल भुडादेखि खैरिघाट जोड्ने । १६ बसन्त गाँउ र जोकाहा जोड्ने पुल निर्माण । ०७४ सालमा प्रतिनिधी सभा सदस्य निर्वाचित भईसकेपछि खानेपानी मन्त्री मगरले क्षेत्रको विकासका लागि विशेष पहल गरेको स्थानीयले आभास गरेका छन । पूर्व मन्त्री मगरले चुनाव जितेसगै भौतिक पूर्वाधार, सीमा सुरक्षा, खानेपानी, सडक, कृषि, स्वास्थ्य शिक्षा, संचार, विद्युत लगायतको क्षेत्रका विकास भईरहेको नागरिकले बताएका छन । बेलौरीका रतन पन्तले क्षेत्रबाटै माओवादी नेतृ बिना मगरले चुनाव जितेसंगै नगरमा थुप्रै योजना कार्यान्वयनमा आएको बताए ।

 

‘यस अघिका संसदतले चुनाव जिते तर, जनता भुले, ‘उनले भने, ‘खानेपानी मन्त्रीले यस क्षेत्रको विकासका लागि थुप्रै काम गरेकी छिन ।’ बेलडाँडीका पदम कठायतले बिना मगरले चुनाव जितेसंगै बेलडाँडीबासी सहित क्षेत्रले नै उत्ता कैलाली सदरमुकाम धनगढी र यता आफ्नै जिल्ला कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने सडक विस्तार भएको बताए । ‘बिनाले चुनाव जितिन हामीलाई हेरिन, ‘उनले भने, ‘अरुले जिते आफ्नैलाई हेरे ।’ पूनर्वासका कृष्ण थापाले बिना मगरले चुनाव जितेसगै क्षेत्रकै जनताले शान्ति सुरक्षा एव अन्य विकासमा पहल भएको बताए ।

 

‘बिना संसद भएसंगै सीमा क्षेत्रको विकासका लागि ठाँउ ठाँउमा बिओपी खडा गरे, ‘उनले भने, ‘भौतिक पूर्वाधार तर्फ समेत थुप्रै काम भयो ।’ अब रोजगारीका लागि मेघा कार्यक्रम ल्याउनुपर्ने उनको सुुझाव छ । लालझाडीका स्थानीय निर्मल रानाले बिना मगरले चुनाव जितेसंगै गाँउमा बिजुली, सडक विस्तार, एव दोदा नदीमा समेत पुलको काम भईरहेको बताए । उनले विकासबाट उपेक्षित गाँउपालिकाको विकासका लागि बिना मगरको विशेष भूमिका रहेको बताए । स्थानीयले क्षेत्रकै थप विकासका साथै रोजगारी तर्फ समेत योजना ल्याउन सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुस