दार्चुला-दार्चुलाको चीनसँगको सीमा क्षेत्र व्याँस गाउँपालिका–१ तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी ९बीओपी० निर्माण सम्पन्न भएको छ। सशस्त्रको बीओपी भवन निर्माण कार्य एक महिनामै सम्पन्न भएको निर्माण कार्यको समेत जिम्मेवारी पाएका तिङ्करका स्थानीय योगेश बोहराले बताए। सडक पहुँच नहुँदा भवन निर्माणका लागि हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरिएको थियो। सामान पुगेको एक महिनामै भवन निर्माणको काम सकिएको सशस्त्र प्रहरी बल ४४ नम्बर गण खलंगा दार्चुलाका गणपति एसपी नरेन्द्र बमले जानकारी दिए बीओपीको दुई वटा भवन ९ब्लक० संगै भान्सा र शौचालय निर्माण गरिएको छ। बीओपीको भवन तिङ्कर भन्सारको छियालेक क्षेत्रको जमिनमा निर्माण गरिएको एसपी बमले बताए। बीओपी भवन निर्माणका लागि एक करोड बजेट विनियोजन गरिएको थियो।

तिङ्कर गाउँबाट दुई किलोमिटरको दुरी छियालेकमा सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीको सीमा चौकी रहेको छ। छियालेकभन्दा माथि मानव बस्ती छैन। तिङ्करबाट झण्डै पाँच घण्टाको उकालो पैदल यात्रा गरेपछि नेपाल र चीनको सिमाना छुट्याउने टिंकर भञ्ज्याङको एक नम्बर पिलर आउँछ। सीमामा सशस्त्र प्रहरीको उपस्थिति भएपछि टिंकर भञ्ज्याङसम्म बेला बेला सुरक्षा गस्ती हुने गरेको छ। तिङ्करभन्दा तल दार्चुलाको कालापानी नजिक छाङरु गाउँमा सशस्त्र प्रहरीको गुल्म भवन निर्माणको काम भइरहेको छ। गत वर्ष सम्झौता भएको भवन निर्माणको काम सम्झौता अवधि सम्पन्न भएपनि निर्माण सम्पन्न भएको छैन्। हिउँदमा हिमपातका कारण काम गर्न नसकिएकोले काममा ढिलाइ भएको निर्माण कम्पनिले जनाएको छ।

प्रतिक्रिया दिनुस