भारतमा थप ३५ हजार १७८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ३७ हजार १६९ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार ४१५ पुगेको छ।

भारतमा संक्रमणका कारण थप ४४० जनाको मृत्यु भएको छ। भारतमा कोभिड १९ संक्रमणका कारण हालसम्म ४ लाख ३२ हजार ५१९ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा भारतभर ५५ लाख ५ हजार ७५ जनालाई कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। भारतमा ५६ करोड ६ लाख ५२ हजार ३० जनाले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।

प्रतिक्रिया दिनुस