महेन्द्रनगर ३ भदौ । एमाले समाजवादीको केन्द्रीय समितिमा सुदूरपश्चिमका २ सांसद प्रेम आले र निरादेवी जैरुसहित ७ जना परेका छन्। सासंदबाहेक मदन कुमारी शाह गरिमा, माया भट्ट, पूर्णा जोशी, भानुभक्त जैशी र उर्वादत्त पन्त नेकपा एमाले समाजवादीको केन्द्रीय समिति सदस्य रहेका छन् ।

सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने एमालेका अधिकांश सांसद तत्काल नेपाल समूहले खोलेको नयाँ पार्टीमा नजाने भएका छन् । विगतमा माधव समूहमै रहेका सुदूरपश्चिमका सांसदले बुधबार दर्ता भएको नेकपा एमाले समाजवादी पार्टीमा तत्काल नजाने संकेत गरेका हुन् ।

विगतमा माधव समूहमै रहेका एमाले उपाध्यक्ष भीम रावल, उनी निटका झपट रावल, दीपकप्रकास भट्ट, देउवालाई विश्वासको मत दिएका लक्ष्मीकुमारी चौधरी, विना बुढाथोकी लगायतले तत्काल नयाँ पार्टीमा नजाने संकेत गरेका छन् । प्रतिनिधिसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एमालेका १६ सांसद छन् ।

जसमध्ये विगतमा ओली पक्षमा ९ जना र माधव नेपाल पक्षमा ६ जना खुलेका थिए। डोटीका आले र डडेल्धुराकी जैरुबाहेक अछामका भीम रावल, कैलालीकी लक्षमीकुमारी चौधरी, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट नेपाल पक्षमा थिए ।

तर आले र जैरुबाहेक विगतमा माधव समूहमा रहेका अन्य सासंद अहिले नयाँ पार्टीमा नगएका हुन् । कैलालीबाट निर्वाचित नारदमुनि राना, बझाङका भैरवबहादुर सिंह, कञ्चनपुरका नरबहादुर धामी, बाजुराका लालबहादुर थापा, बैतडीका दामोदर भण्डारी, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी ओली पक्षमा छन् । यस्तै समानुपातिक तर्फका कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक ओली पक्षमा छन् ।

प्रतिक्रिया दिनुस