फाइल ।

महेन्द्रनगर । सुदूरपश्चिमका पहाडी दुइ जिल्ला बैतडी र बझाँङमा अविरल वर्षा पछि आएको पहिरोले दर्जन बढी घरमा क्षती गरेको छ । बैतडी प्रहरीका अनुसार जिल्लाको पाटन नगरपालिका १० मा हिजो रातिको वर्षापछि स्थानीय हर्कबहादुर कुँवर र हिक्मत कुवरको घर बगाएको हो । पहिरोले मानवीय क्षति भने भएको छैन् ।

तर, पशुचौपायाहरु मरेको प्रहरीले जनाएको छ । घर पुरिएपछि दुई कुवँर परिवार विस्थापित भएका छन् । त्यस्तै अविरल वर्षापछि आएको पहिरोले बझाङमा दुई घर पुरिएका छन् । बुङ्गल नगरपालिका–६ र ७ मा पर्ने सानीगाड खोलाको माथिबाट आएको पहिरोले दुई घर पुरिएको प्रहरीले जनाएको छ । बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले पहिरोले वडा नम्बर ६ का दुई घर पुरेर पूर्ण रुपमा क्षति भएको जानकारी दिए ।

घर पुरिदा मानवीय क्षति नभएपनि गोठमा रहेका पशुचौपाया मरेका छन् । स्थानीय बले धामीका तीन भैँसी, दुई गोरु, ७ बाख्रा, नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाइका दुई गाइ पहिरोमा पुरिएर मरेको डीएसपी खड्काले बताए । घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । पहिरोले सानीगाड खोला समेत थुनिएको छ । खोला थुनिएपछि आसपासका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको छ भने इलाका प्रहरी कार्यालय बुङ्गल र नेपाली सेनाको टोली उद्दार कार्यका लागि खटिएको छ ।

प्रतिक्रिया दिनुस