सामुदायिक विद्यालयका शिक्षक बोडिङ्ग स्कुलका मालिक, मदिरा व्यवसायी, बिमाका एजेण्टदेखि सांस्कृतिक कार्यक्रममै ठिक्क सामुदायिक विद्यालय गुणस्तर भत्किदै

सत्ताधारी नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ यतिबेला आफुलाई लोकतन्त्रको ठुलै हिमायती र अनुसाशित भएको स्वघोषित गर्दै भीमदत्त नगरपालिकाले गरेको ऐतिहासिक शिक्षक दरबन्दी मिलान बिरुद्धमा विद्यालयका कामकाज छाडी निरन्तर आन्दोलनमा उत्रिएको छ । आन्दोलन पनि शान्तिपूर्ण होईन हिन्सात्मक व्यक्तिगत प्रतिशोधन, ईगो, चरम राजनीतिक कुण्ठा बोकेर भीमदत्त नगरका मेयर बिरुद्ध मात्रै नभई आफ्नै नेतृत्वको सरकारका सुरक्षाकर्मीमाथि भौतिक आक्र्रमणमा उत्रिएको छ ।

 

काँग्रसी शिक्षककै योजनामा ्र वडा प्रहरी कार्यालय इन्चार्ज अमर माझी सहित प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, कर्मचारी मात्र नभई नगरपालिकामा आएका सेवाग्रहीमाथि भौतिक आक्र्रमण गर्न पछि परेन । कञ्चनपुरका केही काँग्रेसी शिक्षक तह कम, शान उच्च, कोही मदिरा व्यवसायी, बोडिङ्गका मालिक, कोही बिमा कम्पनीका एजेण्डदेखि साँकृतिक कार्यक्रममा चहार्दै गित गाउनमै व्यस्थ हुने सरकारले विधी प्रकृया पु¥याएको काममा अवरोध गर्न निकै माहिर देखिएको छ । सरकारी शिक्षक भएर गैर कानुनी काममा संलग्न हुने र अरुलाई गिद्दे नगरले हेर्नु चाही ठिकै हो।

 

तर आफुलार्इू ठान्छन महाबुद्धिमता । कञ्चनपुरको सामुदायिक विद्यालयको स्तरहामीले खस्कखस्कीनुमा को मुख्य जिम्मेबार यस्तै लाचारी शिक्षक छन । यिनीहरुले उच्च ईमान्दार शिक्षकको मनमर्दन गर्ने काम गराईरहेका छन । जनताले तिरेको कर खाएर म यता जान्न, उता जान्न भन्दै बालहटमा उत्रिएको छ । काँग्रेसी शिक्षकहरु किन रु आन्दोलनमा उत्रिए यसको जवाफ न नगरपालिका संग न जनता संग केबल छत उनीहरुसंगै छ ।

 

प्राविको शिक्षक भएर पनि निमावि, मावि र उच्च मावि चलाउने आर्थिक देखि शक्तिमै रहन मानर्मदनका लागि सिङ्गो शिक्षा क्षेत्र गुमराहमा राखेर आफ्नो व्यक्तिगत लाभमा उत्रिएको छ । आफु विधि प्रकृया र कानुन अनुरुप चलेको हुर्की लगाउने अरुमाथि गिद्दे नजरले हेर्ने केही काँग्रेसी शिक्षकका कारण काँग्रेस पार्टी नै बदमान भईरहेको छ । काँग्रेस निकट शिक्षक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष बिर्ख बहादुर मल्ल लक्ष्मी मावि खैरभट्टीका प्रधानाध्यापक थिए । दरबन्दी मिलानपछि उनी उक्त विद्यालयका शिक्षक मात्रै रहने भएका छन् ।

 

प्रावि तहका शिक्षक भएपनि लामो समयदेखि माविलाई प्रअ भइ सञ्चालन गरिरहेको अवस्थामा दरबन्दी मिलापछि शिक्षकमा मात्रै सीमित हुनुपर्दा उनी आन्दोलनमा होमिएका छन् । यतिमात्रै होइन, सामुदायिक विद्यालयका शिक्षक भएर उनले महेन्द्रनगर बजारमै निजि विद्यालय सञ्चालन गरिरहेका छन् । उनीले महेन्द्रनगरको कटानमा वेस्टर्न पब्लिक एकेडेमी सञ्चालन गरिरहेका हुन् । आफु निजि विद्यालयमै व्यस्त रहने मल्लको दरबन्दी मिलान विरुद्ध सबैभन्दा चर्को नारा छ, ‘नगरपालिकाले मापदण्ड विपरित दरबन्दी मिलान गर्यो भन्ने उनको गुनासो छ ।’

 

शिक्षक संघकै नेता रहेका देव वहादुर खाती प्रावि तहका शिक्षक हुन् । उनले लामो समयदेखि बैजनाथ आधारभुत विद्यालय वनकट्टी प्रअ भएर उक्त विद्यालय चलाई रहेका थिए । उक्त विद्यालयमा निमावि तहको स्थायी शिक्षकको दरबन्दी मिलान भएपछि उनी शिक्षक मात्रै कायम भएका छन् । शिव ज्ञानेश्वर आधारभुत विद्यालयका प्रअ रहेका गणेश ऐर पनि प्रावि तहको शिक्षक भइ लामो समयदेखि निमावित तहलाई हाक्दै आएका थिए । पछिल्लो पटक दरबन्दी मिलानपछि उनी शिक्षक मात्रै रहेका छन् ।

 

‘दरबन्दी मलानले धेरैको प्रअ पद खोसिएको छ त्यहि भएर रुवाबासी चलेको हो,’ लामो समयदेशि अध्यापन पेशामै रहेका एक शिक्षकले भने, ‘खाइपाइ आएको सुविधा र विद्यालयमा पढाउने भन्दा राजनीति गर्न सजिलो थियो, अब प्रअ फेरिएपछि त यो नहुन सक्छ भन्ने डर हो ।’ उनका अनुसार तल्लो तहको शिक्षक माथिल्लो तहमा प्रअ हुदा कार्य सम्पादन मुल्यांकन देखि विद्यालय र शिक्षकको वृत्ति विकास समेत प्रभावित भएको छ । कांग्रेस निकट शिक्षक संघका ८ जना शिक्षकहरु प्रअबाट शिक्षक तथा माथिल्लो तहबाट तल्लो तहमा प्रअ भएका छन् ।

 

आफुले चलाउदै आएको प्रअ पद खोसिएकै कारण उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आफु अनुकुल दरबन्दी मिलान नभएकोमा बढी इश्र्या पोखेका हुन् । आन्दोलनमा सबैभन्दा बढी आदर्श र कार्यविधिका कुरा गर्ने शिक्षक संघका जिल्ला सचिव नविनसिंह धामी राहत शिक्षक हुन् । उनी जिल्लामा चल्ने मेला महोत्सव र सांस्कृतिक कार्यक्रममै बढी व्यस्त हुन्छन् ।

 

खाली भएका बेला पनि उनी विद्यालय भन्दा रेडियो कार्यक्रम सञ्चालन आदीमा बढी व्यस्त हुन्छन् । भीमदत्त नगरपालिकाका्े शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले दरबन्दी मिलानले लामो समयदेखि तल्लो तहको शिक्षकले माथिल्लो तहको विद्यालय चलाउदै आएको समस्या समाधान भएको बताए । यसले विद्यालय र शिक्षकको कार्य सम्पादनको मुल्यांकन समेत अब राम्रो हुने उनले बताए ।

 

शुक्रबारको काँग्रेसी शिक्षक आन्दोलन एक प्रकासको युद्ध जस्तै शैलीको भएकाले त्यसको चौतर्फि भत्र्सना र बिरोध गरेको छ । यतिमात्र नभई अधिकारर्कीका नाम मानव अधिकारकर्मी भएर हिन्सात्मक आन्दोलनमा सरिक भएको भन्दै केही मानव अधिकारकर्मीले लाजलाई पनि लाज लाग्नुपर्नेमा खिसिट्टी काटिरहेका छन । एमाले निकट अनेरास्ववियूले शिक्षक भईराख्ने नेतागिरी गर्ने र दलाली, व्यापारी गर्नेमाथि निगरानी गर्दै यस्ता शिक्षकको कार्बाहीका लागि संघर्षको अभियान चलाउने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुस