फाइल ।

अछाममा पहिरो जाँदा साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका -६ मार्कुस्थित सडकमा अविरल वर्षाका कारण पहिरो खस्दा साँफे(मार्तडी सडकखण्ड अवरुद्ध भएको प्रहरीले बताएको छ।

प्रहरी चौकी चौखुट्टेको टोलीले सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउने कार्य गरिरहेको र केही बेरमै सडक सञ्चालनमा आउने प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रतिक्रिया दिनुस