महेन्द्रनगर । सशस्त्र प्रहरीले गड्डाचौकीबाट गोहीको उद्धार गरेको छ । मंगलबार भीमदत्तनगरपालिका –११ गड्डाचौकी स्थित भुपी क्षेत्रीको कुखुरा खोरमा रहेको गोहीको उद्धार गरीएको सशस्त्र प्रहरीले जनाएको हो ।

३५ नं. गण हे.क्वा. शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट गड्डाचौकीबाट सप्रनि पदम सिंह भण्डारीको कमाण्डमा खटि गएको ७ जनाको टोलीले कुखुराको खोरको जालिमा अन्दाजी ४÷४.५ फिट लामो गोही अड्कीएको अवस्थामा फेला पारेको जनाएको छ ।

सो गोहीको उद्धार गरी डिभिजन वन कार्यालय महेन्द्रनगरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुस