भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका (२ मालका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

बिहीवार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले धामीका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काट्दा ३३ वर्षीय धामी वेपत्ता भएका थिए । उनी अझै फेला परेका छैनन्।

प्रतिक्रिया दिनुस