कञ्चनपुरको बेलडाँडीमा रहेको सिद्धबैजनाथ बहुउदेश्यीय सहकारी संस्थाले पूर्नजिवन पाएको छ । आज भन्दा करिब डेढ दशक अघि बेलडाँडी क्षेत्रका शिक्षक सहितका केही अगुवाहरुको सकृयतामा खोलेको सहकारीले पुर्ननिवन पाएको हो ।

तत्तकालिन सरकारको एक गाविस एक सहकारी नीति अन्र्तरगत सहकारी विभागले बेलडाँडीमा सिद्धबैजनाथ बहुउदेश्यीय सहकारी संस्था संचालनका लागि अनुमति लिएको थियो । कार्य व्यवस्थताका कारण उक्त सहकारीका संचालक, कार्य समितिले तीन÷चार बर्षजति संचालन गरेर सेवा बन्द गरेका थिए ।

झण्डै १० बर्ष बन्द रहेको सहकारी बेलडाँडीका युवाहरुको सकृयतामा पुन संचालनमा आएको छ । सरकारले अघि सारेको तीने खम्ने अर्थनीति अन्र्तरगत उक्त बन्द भएको सहकारीलाई युवाहरुको सकृयतामा पुर्नजिवन मात्र नभई घाटामा रहेको सहकारी नाफामा ल्याउन सफल भएका छन ।

अहिले कर्मचारीदेखि संचालक समिति पुरै टिम युवा पुस्ता छ । कर्मचारी र संचालक समितिको सकृयतामा घाटामा रहेको सहकारीले फड्को मारेको पाईन्छ । सहकारीका अध्यक्ष क्षितिज भट्ट, उपाध्यक्ष प्रकास माली, सचिव सचिन कठायत, कोषाध्यक्ष चित्रारज जोशी कर्मचारी तर्फ व्यवस्थापक शरदचन्द्र पाण्डे रहेका छन । अध्यक्ष भट्ट आईटी ईन्जिनियर र व्यवस्थापक पाण्डेले व्यवस्थापन संकाय लेखा विषयमा स्नाकोत्तर गरेका छन । युवा मिलेर गए असम्भव केही छैन, जे पनि गर्न सकिन्छ, भन्ने उदाहरण देखाएका छन ।

अन्य संचालक समितिका पदाधिकारी एव कर्मचारी विभिन्न क्षेत्रमा दखल छन । गत ०७७ माघमा संचालनमा आएको सहकारीले डेढ करोड ऋण लगानी गरेको छ । माघमा संचालन भएको सहकारी ०७८ बैशाख १५ देखि जेठ मसान्तसम्म कोरोना महामारीका कारण संचालन हुन सकेन् । तर, उक्त समयदेखि हालसम्म सात महिनाको अवधिमा एक करोड निक्षेप संलन गरिएको सहकारीका व्यवस्थापक शरदचन्द्र पाण्डेले बताए । ‘सहकारीले ५० लाखको शेयर पुँजी जारी गरेको थियो, ‘उनले भने, ‘पुरै शेयर पुँजी पुरा भएको छ ।’ व्यवस्थापक पाण्डेका अनुसार दैनिक, मासिक, बाल बचत, व्यक्तिगत एव मुद्दतीमा बचत भईरहेको छ । ‘अहिले हामीले व्यवसायिक क्षेत्रमा लगानी गरेका छौँ, ‘व्यवस्थापक पाण्डेले भने, ‘दैनिक डेढ लाख हाराहारीमा बचत संकलन गछौँ ।’ व्यवस्थापक पाण्डेले संचालक समिति र कर्मचारीको युवा टिमको सकृयतामा सहकारीको कामकाज अघि बढाईरहेको बताए । सहकारीले अहिले सवारी साधन खरिदका लागि फाईनान्स र आईएमई सुविधा समेत दिएको छ ।

सिद्धबैजनाथ बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष क्षितिज भट्टले अग्रजहरुले संचालन गरेको सहकारी सेवा बन्द भएका बेला गाँउका युवा मिलेर पुन संचालनमा ल्याएको बताए ।

‘हामीले सहकारीको स्वामित्व लिदा घाटामा थियो, ‘अध्यक्ष भट्टले भने, ‘६ महिनामै घाटा पूर्ति गरेर अहिले हामी नाफामा गएका छौँ ।’ अध्यक्ष भट्टले निकट भविष्यमै सहकारीको क्षेत्र विस्तार गरिने योजना रहेको बताए । ‘हामी अहिले बेलडाँडी–बेलौरीमा सेवा विस्तार गरेका छौँ, ‘उनले भने, ‘जिल्लाभरी सबै पालिकामा सेवा केन्द्र विस्तार गर्ने योजना छ ।’ अध्यक्ष भट्टले सहकारीले मोवाईल बैकिङ्ग, एम्बुलेन्स संचालक,कृषि क्षेत्रमा लगानी, चिस्यान केन्द्र निर्माण, भवन निर्माण गर्ने बताए । ‘स्थानीय नागरिकको जनचाहना अनुरुप सहकारीले थप सेवा सुविधा विस्तार गर्छ, ‘उनले भने, ‘सहकारीको बृद्धि विकासका लागि स्थानीयको समेत साथ सर्मथन पाईएको छ ।’ सबैको सहयोगबाट सहकारीले यस क्षेत्रको आर्थिक समाजिक विकासका लागि काम गर्ने प्रतिबद्धता जोहर गर्नुभयो । स्थानीयले समेत युवाको टिमले सहकारीलाई दुत गतिमा अघि बढाईरहेको बताएका छन ।

प्रतिक्रिया दिनुस