एमालेबाट चुनाव जितेका भीमदत्त नगरपालिकाका ७ जना प्रतिनिधीले नेकपा समाजवादी पाार्टी रोजेका छन । शुक्रबार ७ जना जनप्रतिनिधीले समाजवादी पार्टी रोजेको युवा विद्यार्थी नेता प्रज्वल कुवँरले बताए । भीमदत्त नगरपालिकाका एमालेबाट चुनाव जितेका जनप्रतिनिधी ६ का वडा अध्यक्ष हरक सिंह धामी, १८ का वडा अध्यक्ष राजेन्द्र पाण्डे, कार्यपालिका सदस्य द्वय सर्जन सुनार, प्रताप तिरुवा, वडा सदस्य दल बहादुर बोहरा, दानी नाथ, अर्जुन भट्ट रहेका छन । नेकपा समाजवादी कञ्चनपुरका नेता रण बहादुर महराले भीमदत्त सहित कञ्चनपुरका अन्य पालिकाका जनप्रतिनिधीले पनि समाजवादी पार्टी रोजेर सनाखत गर्ने बताए ।

प्रतिक्रिया दिनुस