कञ्चनपुरको लालझाडी गाँउपालिका सबै वडाहरुमा सर्वसम्मत वडा समिति, क्षेत्रीय प्रतिनिधी चयन भएका छन । नेपाली काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङ्गले जिल्लाभरी सर्वसम्मत भएको लालझाडी गाँउपालिका भएको बताए । ‘हाम्रो पालिका यस्तो पालिका हो, ‘उनले भने, ‘जहाँ सबै वडाहरुमा वडा सभापतिदेखि, समिति एव सबै क्षेत्रीय प्रतिनिधी सर्वसम्मत भएका छन ।’

 

नेता गुरुङ्गका अनुसार लालझाडी १ राजिव राना, २ घुम्मन राना, ३ रोहित बडायक, ४ प्रवेस राना, ५ कृष्ण जप्रेल र ६मा गोपाल चन्द निर्विरोध वडा सभापतिमा निर्वाचित भएका छन । भने सबै वडाहरुमा क्षेत्रीय प्रतिनिधी समेत चयन भएका छन । कञ्चनपुरका अधिकाँस वडाहरुमा सर्वसम्मत भईरहेको छ ।

प्रतिक्रिया दिनुस