फाइल।

महेन्द्रनगर । कञ्चनपुरमा भौतिकरुपमा कक्षा सञ्चालन गर्न पाउने गरी शैक्षिक संस्थाहरुलाई प्रशासनले अनुमति प्रदान गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको बैठकले भौतिक उपस्थीतिमै विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।

बैठकपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले एक आदेश जारी गर्दै भदौ १८ गते राती १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि भौतिक उपस्थितीमै विद्यालय सञ्चालन गर्न पाउने उल्लेख गरेका गरेका छन् । शैक्षिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको सिडियो पाण्डेले बताए ।

सकभर भौतिक उपस्थितीमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गराउन आदेशमा आग्रह गरिएको छ । यदि भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको भित्र रहेर सञ्चालन गर्न पाइने आदेशमा भनिएको छ । त्यसको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए तत्काल विद्यालय बन्द गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुस