फाइल ।

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–३ डुग्रीखोलामा पुल नहुँदा आवतजावतमा समस्यामा भएको स्थानियले गुनासो गरेका छन् । वर्षातको मौसम सँगै पुल नहुँदा कुयापानी र कुशापानीका स्यानियवासीले आवतजावतमा समस्या परेको गुनासो गरेका हुन् । तीनै तहको सरकारका प्रतिनिधिलाई पुन निर्माणमा ध्यानाकर्षण गराए पनि बेवास्ता गरेको स्थानीयवासी महेश खड्काले गुनासो गरे ।

सदरमुकाम चैनपुरबाट नजिकै भए पनि वर्षौँदेखि सो स्थानमा पुल नहुँदा बर्खाको समयमा दुःख झेल्दै आएको र उत्पादन भएका कृषि उपज वस्तु बजारसम्म पु¥याउन समस्या हुने गरेको पडेस युवा समाजका अध्यक्ष पवन खड्काले बताए । ती दुवै गाउँमा हालसम्म खानेपानी, विद्युत् र सडकको सुविधा समेत छैन ।

उनले भने,–“स्थानीयवासी खोलाको धमिलो पानी पिउन बाध्य छन, विद्युत्का लागि पोल गाडेको भए पनि हालसम्म बत्ती बलेको छैन ,सडक बनाउन नगरपालिकाले ध्यान दिएको छैन ।” उपप्रमुख जुना जाग्रीले भने नगरपालिकाबाट प्रदेश र केन्द्र सरकारलाई पत्र पठाएकोे, वर्षेनी डुग्रीखोलाले खेतीयोग्य जमिन कटान गर्ने भएकाले त्यसतर्फ तटबन्धसमेत गरेको जनाइन् । उनले भनिन्–“छिटो–छरितो काम गर्नका लागि पहल गरेकी छु । चाँडै समस्या समाधान हुनेछ।” हाल पुल नहुँदा करिब २५ बढी परिवार समस्यामा परेका छन्।

प्रतिक्रिया दिनुस