गणेश एसके कञ्चनपुर भाद्र १९ । भारतिय ज्यादती सिमा क्षेत्रमा हस्तक्षेप र सिमा क्षेत्रमा भइरहेको अतिक्रमणको बिरोधमा  कञ्चनपुरमा अखिल क्रान्तिकारीले बिरोध प्रदर्शन कार्यक्रम गरेको छ।

नेकपा विप्लव निकट रहेको अखिल क्रान्तिकारीले भारतले गरेको सिमा हस्तक्षेप अतिक्रमण जयसिंह धामीको  न्यायका लागि कञ्चनपुरको महेन्द्रनगरमा भारतीय सरकार र नेपाल सरकार बिरूद्ध बिरोध प्रदर्शन कार्यक्रम गर्दै कोणसभा सम्पन्न गरेको हो।

बिरोध प्रदर्शन पछि कोणसभा सम्बोधन गर्दै अखिल क्रान्तिकारीका सेती महाकाली व्यूरो इन्चार्ज नेकपाका युवा नेता बिरेन्द्र शाहले सरकारले दार्चुलाको घटना गम्भीर रूपमा नलिएको बताए नेपालका सासक र  सरकार सञ्चालन गर्ने राजनितिक दलकाहरूका कारणले नेपाली जनताकाले भारतीय ज्यादती  खेप्नु परेको बताए ।

भारतीय हेलिकप्टर दार्चुला जिल्लाको सिमा क्षेत्रमा अनुमति बिना प्रवेश गरेर  हवाइ गस्ति पटकपटक गरिरहेको भएपनि नेपाल सरकार मोन रहनु दुखद भएको बताए अन्तराष्ट्रिय नियम अनुसार पनि एक बाट अर्को देशमा प्रवेश गर्दा अनुमति प्राप्त गरेर हवाइ सेवा सञ्चालन गर्नुपर्ने हुुँदा पनि भारतीय सरकार संग  कुटनीतिक पहल गरेर जवाफ माग गर्न  नसक्ने र लाचारी बन्न पुग्नु दुखद रहेको बताए।

भारतीय ज्यादती विरुद्ध अखिल क्रान्तिकारी सधै संघर्षमा रहने बताए । बिरोध प्रदर्शन कार्यक्रममा अखिल क्रान्तिकारी नेता कार्यकर्ता उपस्थित रहेका थिए।

प्रतिक्रिया दिनुस