महेन्द्रनगर । सुदूरपश्चिममा हाल आठ जना आईसीयू सात जना भेन्टिलेटरमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर हाल ७२६ जना कोभिड १९ संक्रमित आईसीयूमा रहेका हुन् । हाल देशभर ३१ हजार ८२६ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक बमोजिम सबैभन्दा बढी बागमती प्रदेशमा ४३३ जना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरएको छ। बागमतीमा हाल ११ हजार ६३१ जना सक्रिय संक्रमित छन्।

बागमतीमा ३२२ जना संक्रमित आईसीयूमा छन् भने १११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। सबैभन्दा कम प्रदेश २ मा तीन जनामात्र आईसीयूमा छन्। प्रदेश १ मा हाल ८५ जना आईसीयू र ३९ जना भेन्टिलेटरमा उपचाररत छन् भने गण्डकी प्रदेशमा ८७ जना संक्रमित आईसीयू र पाँच जनाको भेन्टिलेटरमा उपचार भइरएको छ।

त्यस्तै, लुम्बिनीमा ४५ जना आईसीयू र आठ जना भेन्टिलेटरमा उपचाररत छन्। कर्णालीमा चार जना आईसीयूमा र दुई जनालाई भेन्टिलेटरमा रहेका छन्।

प्रतिक्रिया दिनुस